संकलकको कलमबाट
२०५६ सालतिरको कुरा हो ‘‘ हेर बाबु । आफ्नो वंशक्रम जान्नुपर्छ । हामी एकै घर मात्र यस थानमा बसेको भए पनि हाम्रो सिग्देलहरु धेरै छन् । जानी राऋनु राम्रो हुन्छ ” यो भनाइ बाल बिधाव जेठी फूपु भक्तिमाया दाहाल को हो । वहाँले जाने सम्मका बाबु बाजेका नाम भन्ने र सुनाउने गर्नुहून्थ्यो ।आफ्नो वंश नभएको ठाउँमा एक्लो , दाजुभाइबाट पाउनुपर्ने सदाशयताबाट समेत वञ्चीत रही तीसौँ वर्ष एक घर एकथरे भै बस्दा भोग्नू परेको पीडा दुःखले पनि वंशावली संकलन गर्ने, पूस्तकको आकारमा बन्धुका हातमा पु¥याई, साथै सदासर्बदा वंशसमीप रहिरहने अठोट गरी संकलन कार्यमा जुट्ने मनसाय जागेको हो मलाई ।
भmापा जिल्ला अन्तरगतको कोटीहोम परिसरमा २०४६ मा वंशावली संकलन , कुलोद्घारा एवं सामुहिक श्रमिद्भागत सप्ताहमा उपस्थित बन्धु भेलाबाट समिति गठन भएपछि मेरो उत्सुक्तामा थत बल पुग्ने ठानि उक्त समितिसंग सम्पर्कमा गएँ । बिविध घरायसी कामका कारण तत्काल लाग्न नसकेपनि २०५५ सालदेखि औपचारीक रुपमा समिति नजिक रही नेपाल अधिराज्य र भारत तथा अन्य देश सम्म फैलाएका , बसोबास गरेका बन्धुहरुको वंशावली संकलन गर्ने काम गरेको थिएँ ।सिग्देल वंशका संभव भएसम्म घर–घर पग्ने यस थरका मान्छेहरुको संस्कार , कुलपुजा विधि , कुल पुजा गर्ने मिति स्थान जाने , सुने गरे , देखेसम्मका बिवरण संकलन साथै सुझाव सल्लाह लिने कामसम्म भयो ।
पछिका दिनहरुमा सिग्दल थरको उत्पत्तिस्थल सम्म पुगी त्यस स्थानको बस्तुस्थिति अध्ययन टिपोट गरी ल्याउने क्रममा पहाडी जिल्ला बाग्लुङ्गको अति विकट क्षेत्र ‘‘ सिग्दी” सम्म पग्ने अवसर मिल्यो । त्यस ताका उक्त स्थान पुग्न रिडीदेखि २÷३ दिनको बाटो पार गर्नु पर्ने साथै देशको बिग्रँदो शान्ति सुरक्षाले गर्दा बाटोकमा हरेक समस्या भाग्नु परेको थियो । त्यस्तो परिस्थितिमालाई झेल्दै गन्तव्य सम्म पुग्दा पनि उक्त क्षेत्रको फोटो तथा कुनै टिपोट ल्याउन नसकी खाली कात फर्कनू प¥यो । उहिबाटो उहि स्थान उहि जोखिम उठाउदै पुनः जानु नै थियो । पछिल्लो बर्ष भने संभव भएकोले खुसीनै मानैँ । गर्व गर्नू सिवाय अर्को थिएन । उक्त अवस्थामा सो स्थानसम्म गई वस्तुस्थिति अध्ययन र तस्वीर ल्याउने कामलाई ठुलो खतरा झेल्नु परेकोले सम्झना गदो पनि आँङ जिरिङ्ग हुने गर्दछ ।
पोखरा फर्केपछि त्यहाँका बन्धुसंग भेटधाट तथा संकलन कार्य भयो , राम्रैै सद्भाव पाएँ ।
तनहुको किंहुँ सर्वाधिक सिग्देल थरका मान्छेहरुको पुरानो र धेरै संख्यामा बसोबास भएको क्षेत्र रहेछ । को कुन भाईको सन्तान पर्गेल्नसम्म गाह्रो भएका बखत स्थानिय खुदेपानी निवासी रेवतीरमण सिग्देलसँँग भेट भयो । निजले पनि त्यस क्षेत्र र काली गण्डकी वारीपरी पग्याम , जरेबर तथा पाल्पासमको आफ्नै टिपोट एवं पुराना भन्द पुराना हस्तलिखित वंशलता संकलन गरी राख्नु भएको रहेछ । उहाँसँगको भेटले नै गदा उपर्युक्त स्थानहरुको वंश संकलन गर्न सरल र सहज हुन गयो । मृदुभाषी सहयोगी भावनाका धनी रेवतीरमण सिग्देलले आफुल अस्वस्थय रहँदा रहँदै पनि महिनैं सम्म बस्ने र खखाने समेत सहयाग गरेकोमा उहाँको अपार बन्धु स्नेह पाएँ साथै हक्का निवासी हरिनारायण सिग्देल (जसले त्यस गाउँका बन्धुहरुको मखाग्र नाम बलाई सहयोग गरे) वहाँदुवै लाई आभार व्यक्त गर्दछु । यसका अतिरिक्त सन्दर्भ सामग्रीहरु दिई सहयाग गर्ने त्यस क्ष्ेत्रका समस्त बन्धुहरु प्रति पनि कृतज्ञता व्यक्त गर्दछु ।
मग्याम चिसापानीमा जन्म लिनु भएका केलादीघाट मंदिर , वृद्घाश्रम , अनाथालय, संस्कृत–बिद्यालय समेतको स्थापना गरी गराइँ लामी आहालमा समेत मंदिर स्थापना गराई संचालनार्थ गुठी, जग्गा आदिको व्यवस्था मिलाउनुका साथै काशी (वाराणसी) मा धर्मशाला बनाई धर्मप्रति ठूलो याथदान पु¥याउने हाम्रो अग्रज स्व. श्री भगववत शरण उपाध्याय सिग्देललाई नसंझी रहन सकिएन । उनिकै सन्ततीसँगको भेट पछि उक्त क्षेत्रको प्राकृतिक सुन्दरताको दृश्य चित्रण र वश संकलन सकी अघि बढ्ने क्रममा एक बन्धुको घरमा विहान अंदाजी ९ बजे तिर पुगे । त्यो दिन ती ७०÷७५ वर्षका लाग्ने बृद्द बाले उनिका पिताको श्राद्घ गर्न दिन रहेछ ।म उनीको जवाफ आयो । म बस्तै गएँ श्राद्घ सकियो खानपिन राम्रै भयो अन्य आगन्तुक पुरोहित बिदा भए । त्यसपछि ती बासँग मैले बंशावली सम्बन्धी कुरा गर्न के सुरु गर्न खोजेको थिएँ बृद्घ बाले तघारो को बाँस उठाई ‘‘ भाग्छस की हानौँ तँ उहादैखि अंश खाज्ने आएको की के ? मेरा छोरा घरमा छैनन भनेर” आदि नाना गाली गलोज गरेपछि मैले हातजोड साँझ पख बाटो लागे । अलिपर अर्को एक बन्धुको घरमा रात बिताइयो ।
केहि समययता कामले गति लिन नसकेपछि भारतको केहिस्थानको भ्रमण गर्ने लहड आई उत्तराञ्चल तर्फ लागें । भाग्यबस हाम्रा परं श्रद्घेय पुर्खा श्री उदायानन्द भट्टको जिवनका उत्तरार्ध अघिको समय बिताएको , भनिएको पबित्र भुमि श्रीनगर उपत्यका , जो श्री बद्रीनाथ धामबाट बहेर आएकी अलकानन्द गंगा किनारमा अवस्थित नन्दनदेवि भगवतीको माईति(मंदिर) पुग्न अवसर पाएँ । हिमाल देखि छहरा , पहरा पार गर्दे आएकी अलका गंगा श्रीनगरको प्रबेश संगै शान्त र निश्चल प्रया जस्तै बहने हुदाँ देख्दैमा बसिरहु जस्तो लाग्ने श्रीनगर उपत्यका उहाँबाट बसाएको बस्ती हाल सहरमा परिणत भैसकेको छ । सहरको मध्यभागमा अवस्थित शिवालयको कलात्क पंदिरले भनै सोभा बडाएको मात्र नभई हिन्दु धर्मको संरक्षणको समेत खेलेको छ ।
हाम्रो थर उत्पत्ति स्थल ‘सिग्दी’ देखि सुरु भै निरन्तर बंश बढ्ने क्रम सँगै किहूँ , आर्बा , दहचोक , कार्कीनेटा ताप्लेजुङ्ग आदि स्थानमा हाम्रा पुर्खा बसोबास गरेको पुरानो थलोे मानिन्छ । हाल अन्य पहाडि जिल्ला र तराईका अधिकांश स्थान तथा भारत, बर्मा देश सम्म हाम्रा वंशहरु रहेको पाइन्छ । यसरी पुर्व देखि पचिमसम्म छरिएर रहे बसेपछि रितिरिवाज सँगै हाम्रा स्ांस्कार कुलपुजा विधि समेत फरक परेको हो कि ? त्यसैले विभिन्न स्थानमा गरिने कुलपुजा विधि र मिति यस पुस्ताकमा समावेश गरिएको छ ।
मन्द गतिमा काम अघि बढ्दै गएपनि सफलताको विन्दु सम्म पु¥याउन बन्धु समन्वय समिति भलापा र सिग्देल सेवा समाज नेपाल काठमाडौँ उल्लेखनीय यागदान रहेको छ ।
आन्त्यमा सुन्याबाट सुरुगरी बिभिन्न स्थानमा छरिएर रहेका हाम्रा बन्धुलाई एकै सुत्रमा गाँसि किताबको रुप लिनु प्रकाशन सम्म पु¥याउनु कम चुनैतिका विषय होइन। तसर्थ बन्धुहरु वंश लगा संकलन तथा निर्माण गर्दा भुल हुन गई अज्ञानबस एवं गलत सुचनाबाट अन्यथा भए आगामि संस्करणमा सच्याउने बाचाका साथ सन्दर्भ सामाग्री दिइ सहयोग पु¥याउने संघ , संस्था , श्री ५ को स।रकार तथा बन्धु बान्धवप्रति धन्यवाद ।