लेखकको कालमबाट
बि.सं. २०१६ सालतिरको कुरा हो — नेपालको विद्घत मण्डली भारतको भ्रमण गर्ने सन्दर्भमा बनारस पुग्दा स्थानिय ‘ हरीश्चन्द्र कलेज ’ मा काशीका कवि लेखकहरुले नेपाली विद्घानहरुलाई समानमा एक भव्य साहित्यगोष्ठी , गरिरहदाँ मेरो ध्यान भने कृतिहरु सुन्नु भन्दा पनि यी दुई मुधउन्य कुल पुरुष—प. सोमनाथ सिद्याल र कवि लेखनाथ पौडेलसँग सिग्देल, पौडेलको पुख्र्यौलीको पुपच्छे गर्ने सुअवसर पर्छ कि पर्दैन मै केन्द्रित थियो । नेपाल विद्घत वगृ वेलुकीको बास दूग्ध विनायकको धर्मशालामा हुने र नेपाली विद्यार्थीहरुसंग भेटधाटको कार्यक्रम हुने थाहाँ पाएपछि उपयुक्त अवसर यही हून्छ भन्नेमा ढुक्क त भइयो तर म जस्ता फूच्चे (१७ वर्षको) ले सोध्ने भाँती पार्ने हुँ कि हुइनमा चाहि चिन्तता लागेकै थियो । ठीक यस्तै जिज्ञाष महानन्द पौडेलको पनि रहेछ । वहाँसँग त्यहा भेट हुँदा कुरा कुरैमा दाइ महानन्दले आज वहाँहरु सामक्ष यो प्रश्न राख्न उपयुक्त मोका जुटछ भनेपछि प निश्चित भएँ ।
संयोग पनि के परेको थियो भने नेपालका १४, १५ जना मुर्धन्य विद्घानहरुको समुहमा पण्तिराज सोमनाथ र कवि लेखनाथ एउटै कोठामा बस्ने व्यवस्था मिलेको रहेछ ।अन्य साथिहरुसगँ म पनि कोठाको एक कुनामा लुसुक्क छिरे ।सबैले आ–आफ्नो परिचय बताएपछि पठन पाठन संबन्धी सामान्य कुरा भयो महानन्दजीले त्यही प्रश्न–सिग्देल, पौडेल, सेता पौडेल, काला पौडेलके प्रश्नतस्र्याइहाल्नु भयो ।सेतो दारी जुँगा र शिरमा तीनखोले ढाका टोपी हिमाल झै चुच्चो पारेर लगाएका कवि लेखनाथ यसो सोमनाथतिर फर्कदा यस प्रश्नको उत्तर वहाँले दिनू पर्छ जस्तो भाव झल्कन्थ्थो । असाध्यै तेजिला आखाँ , हँसिलो पं. सोमनाथको अनुहार हामीतिर फर्कदा त्यो उद्दीप्त मोहडाको समुन्ने हाम्रो नुर लुतुक्क नुहियो, हामी नतमस्तक भयौँ । जिज्ञासा र भय मिश्रीत अवस्थामा झन्नै पसिना पुछनु पर्ने भयो तै पनि आफै थरधारी यति विद्घान् पितासम्मको सान्निध्यमा रहँदा वात्सल्य स्नेह र आफ्नोपनमो छहारीमा कता कता भित्र गौरव पुर्ण शीतलता संचार पनि भइरहेको अनुभुति भएथ्यो ।
उत्तर थोरै मात्र पइयो– सिग्देलमा वस्ने सिग्द्याल, पौडिमा वस्ने पौडियाल तर यही बीचमा दारी मुसर्दैै पं. सोमनाथ तिर संकेत गरेर लेखनाथले दिएको ठटेउलो उत्तर चाहि झन् अविस्मरणीय थियो–‘‘वहाँ गोरो सेतो सिग्द्यल? म चाहि अलिकालो पौडेयल” दुवैको हासोमा हामीले पनि साथ दियौँ । मैले त्यतिखेर हजुर बा संग दारिम्वा जाँदा बाटामा एक जनालाई आफु परिचय दिदा ‘‘हामी सेता पौडेल हौँ” भनेको सम्झना भएथ्यो ।
काशी छोडियो , पढन पनि छोडियो, जन्मस्थान तावलेजुङ पनि छाडियो तर ‘सिग्देल’ थरको जानकारी लिने कुतकुतीले भने छोडेन । सामान्य जनजिव्रोले त मलाई ‘सिग्देल जेठो’ भनेको सुन्दा यसले उब्जाएका दिमागी कीरा नमारी भएन भन्ने अठोट छँदैथियो । पढाउने पेशा समातियो । अरुको प्रश्नको सामाधान गर्ने तर आफ्नै थरको नालीवेली भन्न नस्क्ने पिरोलाले हिंड्दा , वस्दा , खाँदा, सुत्दा कसैगर्दा पछ्याउन छोडेन ।
२०४४ साल तिरको कुरा हो– इँहराका काका रधुनाथ सिग्देल मेरा पिताजी स्त्र. पं. भोलानाथ संग गुनासो पोख्न चारपाने आउनु भएछ । भएछ के भने छोरो कि भतिजोको हो बिहे परका सिग्देलकै साख्खै भाञ्जी रहिछिन । यसरी साइनोसनय सबै गञ्जागो हुन्ु थालेपछि मधेशको ठाउँमा को कता को कता, देख्दा, घुम्दा पर लाग्ने तर आवत जावत र संपर्कको कमीले वंशको खोज खवर नै हो । ‘‘यो कामको चाँजो पाँजो तपाई हाम्रो वंशका पढालेखाले नै गर्नू पर्छ” भनेर चित्तबुझदे तर्क अघि सारे पछि पिताजीलेि मलाई बोलाइपठाउनु भयो । हामी तीनजनाको वीचमा भएको सल्लाहको के निचोड निस्क्यो भने यस भेगतिरका संभव भए जति सबै सिग्देल बन्धुहरुको भेला बोलाउने । पिताजीलाई मधुमेहले चापिरहेको अवस्थामा शारीरीक हिसाबले दोडधुप गर्न नसक्ने तर मानसिक रुपले भने भेला तयार पारेपछि झापाको कनकाई किनारमा एक सामुहिक भागवत् सप्ताहको आयोजना गर्न ‘‘ सिग्देल बन्ध समन्वयु समिति ” मेरो अध्यक्षतामा गठन भयो ।
२०४६ सालको आन्दोलन घोषणा भईसको अवस्थामा सामाजिक कृत्य गर्न पनि कति निकायहरुलाई नेहोरा नगरी नहुने प्रतिकुल परिस्थितिमा ०४६।१२।२ देखि सप्ताह यज्ञ शुरु भयो । पुराणमा बन्धु भेला त गराइयो तर आपसी सोधपुछ र साइनु सनय केलाउन भने दिनभर चाहिं चुपचाप पुराण सुन्नु पर्ने वाध्यताले पनि सुगम भएन । कायक्रममा भागलिन सिक्किम, आसाम, मणिपुर लगायत नेपालका पुर्वी भकका बन्धुहरुको उत्साहप्रद उपस्थिति थियो । पत्राचार गर्दै पूस्त्यैलीको खाका भरेर ल्याउनु पर्ने थियो।
२०४६।१२।८ सम्म पुराणको कार्यक्रममा ५, ६ हजार बन्धुहरुको सहभगितामा सम्पन्न भयो , अब यसैबाट बन्धुहरुको वंशावली संवन्धी अभिलेख तयार गर्ने आधारशिला तयार भयो । कार्यक्रमबाट बचेको रकम र समिति सदस्यहरुको निजि समे खर्च गरेर बन्धुवहरु बसोबास गरेका ठाउँहरु–काठमाडौ दहचोक, काभ्रे, तनहु , कास्की , स्याङ्गजा लगायत वाग्लुङ्गको सिग्दी गाउँसम्म भाइ दुर्गा सिग्दललाइ पठाउने काम भयो । पहिलो पल्ट बाग्लुङ्ग जाँदा त्यस भेकतिर पन्येको जखमले समस्याले गर्दा संकलक दुर्गाले अकरिलो स्पष्टीकरण दिनु परेको व्यथा पनि जाहेर भयो । तर पनि सिग्दी पुगेर त्यहाँको वस्तुस्थितिको बयान र अर्को पल्ट त्यस क्षेत्रको चित्र समेत खिचेर ल्याउने काम भयो । यसै बीचमा भाई दुर्गा आफ्नै लहडमा बम्मैतिर भासिए पनि घुम्दै गडूवालको ‘पौड’ सम्म पुगेको अनुभवले खाजी कार्यमा थप मद्दत नै भयो ।
भाई डा. पुन्य प्रसादलाई वंशमवलीको प्रारुप तयार पर्न भनियो । तर कार्य व्यस्तताले हो वा न रुचेको विषय परेर हो लेख्न शुरु नगरेपछि यो अभिारा जसरी भएपनि मैले लिनू पर्छ र मात्र माथि वर्णित आफ्नु जिज्ञासा समेत शान्त हुन्छ भन्ने लागेर लेख्न शुरु गरियो । पर्याप्त सामाग्री भएको देशको इतिहासका लागि न कुनै शिलालेख वा ताम्रपत्र वा अभिलेख नै भेटिन्छ । त्यस्तो विष्यमा खोजी भनेको चुनौतिपुर्ण विषय हुनाले मात्र अग्रज वंशावली लेखकहरुकै लेखहरुमा पुर्ण आधारित हुनुप¥यो । आफुृ स्वयं पनि इतिहासको छात्र पनि नभएपछि र सामाग्रीहरु प्नि काम प्राप्त ह्ुने ठाउँमा बसोबास र जागीरमा समेत धाउनु पर्ने अवस्थामा यो काम ‘‘ लाटो देशमा गाँडो तन्नेरी” हुने ने भयो । आफुले निखेर भन्नुपर्दा सन्दर्भ सुचिमा उल्लेख गरिएको कुराहरुबाट ने प्रकाश निलेर ओकल्ने काम भएमो छ । यहाँ ती कृतिकारहरुसंग आभार प्रकट गर्नू मेरो कर्तव्य हुनेछ । त्यसैले कतिपय ठाउँमा ठोकुवा गर्न नसकेर त्यही मत मतान्तर समेत उल्लेख गरेको छु ।
नामावली पनि संकलन भयो त्यसको प्रारुप पनि लेखियो तर पुस्तका रुपमा ल्याउन रकमको अभाव पुनः खट्किदो रुपमा देखाप¥यो । अन्य केही उपाय नलागे पछि ‘‘ सानासगं लागे नाक कान ठुलासँग लागे संमान ” भने झै राजधानी र यसका छेउछाउमा बस्ने बन्धुहरु कहाँ झोला विसाइयो । शहरको ठाउँ मान्छे वग्ने जमातमा यस्ता आफू समेत हराइन्छ कि भन्ने डर भए पनि किनारा लाग्न निकै संघर्ष गर्नुप¥यो । सिग्देल सेवा समाज र खास गरी यसमा अध्यक्ष श्री भुवनहरि सिग्देल र दाइ श्री रेवती रमण तथा श्री गोपलजी नेपालीको सहयाग नभएको भए किताबको रुप लिन हम्मे पर्ने थियो । सिग्देल सेवा समाजले प्रकाशनको जिम्मा लिएर हामी यससँग संवन्ध लेखक संकलक सबैलाई ठुलो गुन लगाएको भने बिर्सन हूदैन । अस्तु ।
पुरुषोत्तम सिग्देल २०६०।१।२४