पाठकलाई सुझाब
बंशलता हेर्दा ध्यान दिनू पर्ने कुराहरु
- आफू वा आफ्ना पुर्खाहरुको पुरानो बसोबास भएको स्थानको वर्णनपछि सोहि स्थानको बंशलता राखिएको छ ।
- बंशलतामा कोष्ठभित्र नाम उल्लेख गरिएको छ ।
- जोडिएका कोष्ठ जति भएपनि एकै बाबूका छोरा हुन् भन्ने बुझ्नु पर्छ ।
- जुन कोष्ठको टुप्पोबाट तानिएको धर्साले जुन कोष्ठ वा कोष्ठहरुलाई छून्छ ती एक वा सबै उसका छोरा हुन् ।
- जाने बजेसम्म जेठो हाँगाको जेठो भाई देखिको क्रममा लेख्ने गरिएको छ ।
- कोष्ठको टुप्पोमा वा कोष्ठाभित्र (x) क्रस चिन्ह लेखिएको भए उसको बंश क्रमको बिश्राम भएको बुझ्नुपर्दछ ।
- कोष्ठाको टुप्पोमा वा कोष्ठाभित्र (*) लारा लेखिएको भए उसका बंश, सन्तान छन् भन्ने सुनेको तर कहाँ छन् एकिन नभएको ।
- सम्भव भएसम्म हालको बसोबास भएको स्थानसम्म लेखिएको छ ।
- छोरी मात्र भएका बन्दूहरुको हकमा कोष्ठको टुप्पोमा छोरी मात्र लेखिएको छ । बंशक्रम अधि बढेको छैन ।